नियम ३४
उत्पादन प्रतिलब्धि दर
(१) खुदो (मोलासेस) बाट रेक्टिफाइड स्प्रीट बा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल खुदोबाट न्यूनतम ६६ ओ.पी. शक्तिको कम्तीमा २० लिटर रेक्टिफाइड स्प्रीटी वा १९ लिटर ई.एन.ए. र एनहाइड्रस इथानोल उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल खुदोबाट न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तीमा १९ लिटर इथानोल उत्पादन गर्नु पर्नेछ।
(२) अन्नको दानाबाट रेक्टिफाइड स्प्रीट वा ई.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले भन्सार शीर्षक १०.०६ अन्तर्गत पर्ने .अन्नबाट प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल ६६ ओ,पी. शक्तिको कम्तीमा ४० लिटर रेक्टिफाइड स्प्रीट वा ३८ लिटर ई.एन.ए. र भन्सार: शीर्षक १०.०६ बाहेकमा पर्ने अन्नबाट प्रति क्वीन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ३७ लिटर रेक्टिफाइड स्प्रीट वा ३५.१५ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ ।
(२क) चालीस ओ.पि. भन्दा कम घनत्व अल्कोहल शक्ति भएको स्प्रीट उत्पादन गर्ने इजाजतपत्रवालाले उपनियम (१) वा (२) मा उल्लेख भएको रेक्टिफाइड स्प्रीटको प्रतिलब्धि दरले सोही अनुपातमा हुने परिमाणमा स्प्रीट उत्पादन गर्नु पर्नेछ । तर जौ मात्र प्रयोग गरी माल्ट स्प्रीट उत्पादन गर्नेको हकमा प्रतिलब्धि दर अधिकतम बीस प्रतिशतसम्म कम हुनेछ।
(३) इजाजतपत्रवालाले जुनसुकै वस्तुबाट उत्पादित १०० लिटर रेक्टिफाइड स्प्रीटबाट ई,.एन.ए. बनाउँदा न्युनतम ९५ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ।
(३क) स्प्रिट उत्पादन गर्ने इजाजतपत्रवालाले एक्स्ट्रा न्यूट्रल अल्कोहल (ई.एन.ए.) लाई रिडिस्टिलेसन गर्न चाहेमा बिभागबाट अनुमति लिई रिडिस्टिलेसन गर्न सक्नेछ। यसरी रिडिस्टिलेसन गर्दा १०० लिटर ई.एन.ए. बाट न्यूनतम ९८ लिटर ई.एन.ए. उत्पादन गर्नु पर्नेछ।
(४) फलफूलबाट वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति किलो-फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १.५ लिटर वाइनका दरले सोही अनुपातमा वाइन उत्पादन गर्नु पर्नेछ ।
(५) उपनियम उपनियम (१), (२), (२क) र (३) मा उल्लेख गरिए देखि बाहेक कसैले अन्य वस्तुबाट रेक्टिफाइड स्प्रीट बा ई.एन.ए. उत्पादन गर्न चाहेमा बिभागले तोके बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम कुनै निवेदन पर्न आएमा विभागले त्यस्तो रेक्टिफाइड.स्प्रीट वा ई.एन.ए. उत्पादन गर्न प्रयोग हुने वस्तुको आधारमा प्रतिलब्धि दर कायम गर्नेछ।
(७) इजाजतपत्रवालाले रेक्टिफाइड स्प्रीट, ई,एन.ए. बा वाइन उत्पादन .गर्दा यस नियममा उल्लिखित दरभन्दा घटी उत्पादन. हुन आएमा त्यसको उचित र पर्याप्त कारणसहित स्वीकृतिको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ।
(८) उपनियम (७) बमोजिमको कसैको निवेदन पर्न आएमा अन्तःशुल्क अधिकृतले आवश्यक जाँचबुझ गर्दा रेक्टिफाइड स्प्रीट, ई,.एन.ए. वा-“वाइन उत्पादनमा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुन सक्ने उचित तथा पर्याप्त कारण देखिएमा त्यस्तो घटी/उत्पादन दरको स्वीकृति दिन सक्नेछ।
(९) उपनियम (८) बमोजिम छानबिन गर्दा प्रयोग भएको वस्तुको प्रकृति तथा गुणस्तरको आधारमा घटी उत्पादन हुनसक्ने उचित र पर्याप्त कारण नदेखिएमा अन्तःशुल्क अधिकृतले त्यसको जानकारी इजाजतपत्रवालालाई दिई त्यसरी फरक हुन गएको परिमाणको सो उद्योगको उत्पादनको उच्चतम दरबन्दी अनुसार लाग्ने सम्पूर्ण अन्तःशुल्क निर्धारण गरी त्यस्तो अन्तःशुल्क रकम निजबाट असूल उपर गर्नु पर्नेछ।